काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ। आगामी असोजमा महाधिवेशन गर्ने तयारी अनुरूप बैठकमा प्रस्ताव पेश हुने बताइएको छ।