काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पर्वत। पर्वतको बिहादी गाउँपालिका १‚ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जी छन्।

घरनजिकै रहेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा सख्त घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा लगिएको थियो। उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। मंगलबार दिउँसो साढे ४ मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।