नयाँदिल्ली। निष्क्रिय इच्छामृत्युको अनुमति प्राप्त गर्ने भारतका पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ।
११ मार्चमा सर्वोच्च अदालतले हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।
पीटीआईका अनुसार ३१ वर्षीय हरिश २०१३ देखि कोमामा थिए। उनलाई १४ मार्चमा गाजियाबादस्थित आफ्नो घरबाट एम्सस्थित डा. बीआर अम्बेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो।
हरिश पन्जाब विश्वविद्यालयमा बीटेकका विद्यार्थी थिए। २०१३ मा उनी चौथो तल्लाको बाल्कोनीबाट लडेर टाउकोमा गहिरो चोट लाग्यो।
त्यसबेलादेखि उनी कोमामा थिए। उनलाई कृत्रिम पोषण र कहिलेकाहीँ अक्सिजन पनि दिइँदै आइएको थियो। -बीबीसी हिन्दीन्युज