सेयरबजार
१३६ कम्पनीका सेयरमूल्य उकालो लाग्दा ११७ कम्पनीका सेयरमूल्य घटे
काठमाडौँ। नेप्सेको उकालो यात्रा कायमै छ। यो साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से बढेको छ।
मंगलबार नेप्से २३.८३ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से आज ०.८१ प्रतिशतले बढ्दै २९६०.४० विन्दुमा अडिएको छ। आइतबार नेप्से ५४.५१ अंकले बढेको थियो भने सोमबार नेप्से ५.०१ अंकले बढेको थियो।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ५०७.०० विन्दुमा अडिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशतले बढी हो। फ्लोट इन्डेक्स ०.४५ प्रतिशतले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.४७ प्रतिशतले बढेको छ।
सेयर बजारमा मंगलबार ३४१ कम्पनीको एक लाख २६ हजार ९४७ पटकको कारोबारमा तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ।
नेप्सेमा आइतबार २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १३६ कम्पनीको सेयर मूल्य बढ्यो। ११७ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयर मूल्य स्थिर रहे। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा आठ समूहको सूचक बढ्यो भने पाँच कम्पनीका उपसूचक ओरालो लागे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.६७‚ विकास बैंक १.३८ र फाइनान्स समूहको सूचक १.५१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन ०.१६ प्रतिशतले घट्यो।
यसैगरी जलविद्युत् १.३२ तथा लगानी समूहको उपसूचक ०.११ प्रतिशतले बढ्दा जीवन बिमा समूहको सूचक ०.३७ प्रतिशतले ओरालो लाग्यो।
उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशतले बढ्दा लघुवित्त ०.४५ प्रतिशतले घट्यो।

म्युचुअल फन्ड समूहको सूचक ०.२५ प्रतिशतले बढ्यो। निर्जीवन बिमा समूहको सूचक ०.३८ र अन्य समूहको सूचक ०.१६ प्रतिशतले घट्यो भने व्यापार समूहको सूचक ९.१२ प्रतिशतले बढ्यो।
नेप्सेमा मंगलबार दुई कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स छन्। अर्थात् साल्पा र रिलायन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यसैगरी सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। हिमालयन पावर पार्टनर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समान ९.९८ प्रतिशतले बढे।
यस्तै फर्स्ट माइक्रो फाइनान्सका लगानीकर्ताले भने ६.५६ प्रतिशतले घाटा बेहोरे।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी
राधी विद्युत् कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार ३४१ रुपैयाँको कारोबार भएको छ। राधीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ कायम रह्यो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रमोटर सेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२९ रुपैयाँ कायम रह्यो।