काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग विभिन्न प्रदेशका प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा यादवसँग कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका नजिर मियाँले सामूहिक भेट गरेका हुन्।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान-प्रदानसँगै मुलुकको वर्तमान परिस्थिति तथा समसामयिक विषयमा छलफल भएको थियो।