काठमाडौँ। त्रिचन्द्र कलेजका विद्यार्थीले गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
मंगलबार विद्यार्थीले कलेज अगाडि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
उनीहरुले माग पुरा नभए कडा रुपमा बिरोध गर्ने चेतावनी दिए।
गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलन जाँचबुझ आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर सरकारले यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन।
