ढोरपाटन। बागलुङमा चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढ्को जनाएको छ। गत वर्ष २६४ जना सङ्क्रमति हुँदा १९ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।
यसवर्ष १४४ सङ्क्रमित हुँदा हालसम्म अठार जनाले ज्यान गुमाएका हुन्। घिमिरेका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गलकोट नगरपालिकाका छन्। गलकोटमा आठ जना संक्रमितको मृत्यु भएको छ।
बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई, निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक/एकजना रहेको उनले जानकारी दिए।
प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमित फेला पर्न थालेको घिमिरेले बताए। विकट बस्तीसम्म क्षयरोगसम्बन्धी जनचेतना नपुग्दा सङ्क्रमक्रण न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ।