काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन्।

शुक्रबार मध्याह्न १२:३४ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण तय भएको बताइएको छ।

शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ।

प्रधानमन्त्रीको शपथ लिएपछि शाह २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन्।