काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आगामी १५औँ महाधिवेशनको कार्यतालिका तय गर्नुका साथै विभिन्न संगठनात्मक विषयमा निर्णय गरेको हो।
बैठक गगन थापाको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले केन्द्रीय निर्वाचन समिति, लेखा समिति तथा पार्टीका विभिन्न भ्रातृ संस्थाको वर्तमान अवस्थाबारे अध्ययन गरी सुझाव पेश गर्न विशेष समिति गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, पार्टी संगठनलाई सुदृढ बनाउने, आन्तरिक व्यवस्थापन सुधार गर्ने र आगामी महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा समेत बैठकले आवश्यक रणनीति तय गरेको बताइएको छ।
मंगलबारको बैठकमा २८ र बुधबार बसेको बैठकमा ३९ जना गरी ७६ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।