काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हिजो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आज आफ्ना धारणा राख्ने जानकारी दिए । बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
हिजोको बैठकमा पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेपछि महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।
मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।