काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आफू मन्त्री बन्न लागेको भन्दै भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले तिनको खण्डन गरेका हुन् ।
जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन,’ उनले भनेका छन्। उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टी संगठन सुदृढीकरणमा रहेको पनि बताएका छन्।
घिसिङले गैरसांसद व्यक्ति मन्त्री बन्न नसक्ने र आफैँ पनि जनादेशविपरीत अन्य ‘वैकल्पिक बाटो’बाट सांसद बनेर मन्त्री बन्ने पक्षमा नरहेको जिकिरसमेत गरे।