काठमाडौँ। कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार दिउँसो बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई पक्राउ गरेको हो।
बालिकाको आफन्तले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सन्तोष रानालाई पक्राउ गरिएको जनाइएको छ।