काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा बुधबार प्रहरीले एकजना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मीका ४५ वर्षीय रवीन्द्रजंग रायमाझी छन्।

क्रोएसिया पठाइदिन्छु भनी तीनजना पीडितबाट रवीन्द्रले ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बाट पक्राउ गरेको हो।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि रवीन्द्रजंग रायमाझीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।