काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
तस्बिरहरू : रास्वपा सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

पार्टी सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको रास्वपा सचिवालयले जनाएको छ।

बिहीबार नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो।

प्रतिनिधिसभामा १८२ सिट ल्याएको रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।

१३ चैत शुक्रबार प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहको शपथ लिने कार्यक्रम तय गरिएको छ।