काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिनु अघिल्लो साँझ आफ्नो नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार बेलुका रिलिज गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयं बालेनकै रहेको छ।

गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्म गरेको चुनावी यात्राका झलकहरू समेटिएका छन्। विभिन्न स्थानमा जनतासँग भेटघाट, संवाद तथा ठूलो जनसमर्थनका दृश्यहरू भिडियोमा देख्न सकिन्छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनी शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्।

कलाकारिता र इन्जिनियरिङ पृष्ठभूमि भएका बालेनले राजनीति र संगीतलाई एकसाथ अघि बढाउँदै आफ्नो नयाँ सिर्जनामार्फत समर्थकलाई उत्साहित बनाएका छन्।