सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् ।
बिहिबार बिहान बसेको मन्त्रिपरिषदले चन्दलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि विभागीय सामाजिक विकास मन्त्रालयले योग्यता र अन्तर्वाताका आधारमा चन्दलाई पहिलो नम्बर सिफारिस गरेको थियो । उनीसँगै अन्य दुई जनालाई पनि सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषदले खेलकुद परिषदको उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ । सदस्यहरुमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता कृषि मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।