काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकका निर्णय र समसामयिक राजनीतिक विषयबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा हिजो (चैत्र ११ गते) सम्पन्न बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम राखिएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिउँसो ४ः३० बजे केन्द्रीय कार्यालयमै हुनेछ।
बैठकमा पार्टीको आन्तरिक संगठन, आगामी कार्ययोजना, र देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गरिएको छ। कांग्रेसले ती छलफलका निष्कर्ष र पार्टीको आधिकारिक धारणा सञ्चारमाध्यममार्फत जनतासम्म पुर्याउने योजना बनाएको छ।