काठमाडौं । दार्चुलाको मुराई क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानसहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।
गत चैत ९ गते पनि यही स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।