काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो अडान स्पष्ट पारेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता शाहीले बिहीबार सांसद पदको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएका हुन्।

उनले मुलुकमा विधिको शासन स्थापना गर्न सरकारलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए।

यसका साथै, वाइडबडी विमान खरिद प्रकरण, एनसेल फोरजी कर विवाद, मेलम्ची खानेपानी आयोजना र सुनकाण्डजस्ता ठूला भ्रष्टाचारका घटनामा निष्पक्ष छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

शाहीले यस्ता गम्भीर घटनामा सत्यतथ्य बाहिर ल्याउन आफूहरू सधैं तयार रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताए। उनले सुशासनको पक्षमा दृढ रहँदै पारदर्शिता, जवाफदेहिता र विधिको शासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि स्पष्ट पारे।