काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटेका छन्।

संघीय संसद् सचिवालयमा सांसदहरूको शपथ ग्रहण सम्पन्न भएसँगै रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो। त्यसपछि दुवै नेता मन्त्रीहरूको नाम टुंग्याउने एजेन्डासहित छलफलमा जुटेका हुन्।

स्रोतका अनुसार, हाल बुढानीलकण्ठस्थित लामिछानेको निवासमा जारी छलफलमा सम्भावित मन्त्रीहरूको सूची, मन्त्रालय बाँडफाँट र कार्यक्षमता आधारमा जिम्मेवारी निर्धारणबारे छलफल भइरहेको छ।

रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ।