विराटनगर। कोसी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट ६ निर्णय गरिएको छ।
वित्तीय समानीकरण अनुदान तथा सवारीसाधन कर बाँडफाँडसम्बन्धी निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय गरिएको छ। २०८३ सालका निम्ति सार्वजनिक बिदाको सूची अनुमोदन, प्रदेश भवन नियमावली, २०८२ स्वीकृत गरिएको छ।
यसैगरि गत १८ र १९ असोजमा गएको बाढीपहिरो तथा १ र २ चैतको हावाहुरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका निम्ति आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।