काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ। प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ ग्रहण लगत्तै च्यासल आउन भनिएको हो।

पार्टीका प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

शाहीले जानकारी दिएअनुसार अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे सांसदहरूलाई निर्देशन दिनेछन्। पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासलमा उपस्थित हुन लागेका हुन्।