नयाँ सांसद
काठमाडौँ। नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउनेछन्।
संघीय संसद् सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइज फोटो दुई प्रतिलिपिसहित तोकिएको समयभन्दा दुई घण्टाअघि उपस्थित हुन अनुरोध गरेको छ।
सांसदहरू शपथग्रहणका लागि सिंहदरबार आउने क्रम जारी छ।
हेर्नुहोस् तस्बिर :

