काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव स्थगित भएको छ।
एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन महिनाका लागि निलम्बन गरेपछि १३ चैतका लागि तय गरिएको चुनाव स्थगित भएको हो।
निलम्बन गरेको पत्र पाएपछि तत्कालका लागि चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
एन्फाको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतम, सदस्य-सचिव लोकेन्द्र ओली र सदस्य सम्झना घिमिरेले बिहीबार साँझ सूचना जारी गरी चुनाव स्थगित गरिएको जनाएका हुन्।
“मिति २०८२/१२/१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ‚” निर्वाचन समितिद्वारा जारी सूचनामा उल्लेख छ।
