तेहरान। इरानको कोम सहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको छ। थप १० जना घाइते भएको इरानको सरकारी समाचार एजेन्सीले समाचारमा उल्लेख गरेको छ।
कोमका गभर्नर मोर्तेजा हेयदारीले हिजो राति सहरको पारदिसन क्षेत्रमा आक्रमण भएको बताएका छन्।
इरानी रेड क्रिसेन्ट सोसाइटीले उद्धारकर्मीहरूले घटनास्थलबाट भग्नावशेष हटाउँदै राहत कार्य गरिरहेको घोषणा गरेको छ।
रेड क्रिसेन्टका प्रवक्ताले पनि हिजो राति सहरको पारदिसन क्षेत्रमा आक्रमण भएको बताएका छन्। -बीबीसी