काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नयाँ सरकार गठनसँगे पहिलो महिला महान्यायाधीवक्ता सविता भण्डारीले पदबाट राजिनामा दिएकी छिन्। सरकारको कानुनी सल्लाहकारका रुपमा जेन-जी आन्दोलन पछि बनेको सरकार प्रमुख सुशीला कार्कीले २९ भदोमा नियुक्ति गरेकी थिइन्।

महान्यायाधीवक्ता भण्डारीले आफूले प्रधानमन्त्री कार्यालयमा राजिनामा पेश गरेको बताएकी छिन्। उनले आफू पदमा हुँदा गरेका निर्णयप्रति कुनै पनि पछुतो नभएको दाबी गरिन्। सार्वजनिक पदमा आउँदा लाञ्छना सुन्ने बानी परेको उनले अनुभव सुनाईन्। आफूले निष्ठा नबेचेको र आफू विश्वस्त भएर गरेका निर्णयहरु भएकाले कुनै पछुतो नभएको बताइन्।

‘पदमा लाञ्छना सुन्नुपर्छ भन्थे हो रहेछ। समाज कस्तो बनाएछो भन्ने लाग्यो। पदमा जाने बित्तिकै गल्ती र दोष लगाउने रहेछन्, उनले भनिन्, ‘पहिलो महिला महान्यायाधीवक्ता हुँदा पुरुषहरुको अहंममा चोट पुग्यो जस्तो लाग्यो। दुईचारवटा बोल्ड डिसिजन गर्दा पुरुष मानसिकताले पचाउन सकेन।’

उनको कार्यकालमा गरिएका निर्णय निकै विवादित छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग संशोधनको निर्णय, परिवारका सदस्य जोडिएको डिम्ब सम्बन्धी मुद्दा नचलाउने निर्णय र वर्ल्ड लिंक जोडिएको मुद्दा नचलाउने निर्णयमा विवादित बनेकी हुन्।