काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
बालेन शाह
अ+
अ-

काठमडौं ।  प्रतिनिधिसभाको झन्डै दुईतिहाइ सिटको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री बन्दै छन् ।

प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिरहेका बालेनको निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त गरिएको छ ।

बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तय छ । उनलाई त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । यसै दिन मन्त्रिपरिषद् गठनको तयारी छ ।

निर्वाचनमै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्रीको शपथ लिने कानुनी बाटो खुलेको हो ।