काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा पुगेर पदबहाली गरेकी हुन्।
उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए। पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन्। उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनीएकी हुन्।
सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गरेकी छन्।