काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत शाहलाई बधाई सन्देश दिएका हुन्।
सन्देशमा मोदीले लेखेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।” उनले शाहको नेतृत्वप्रति नेपाली जनताले देखाएको विश्वासको प्रशंसा गर्दै भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
“हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु,” मोदीले सन्देशमा उल्लेख गरेका छन्।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रूपमा गहिरो रहेको छ। खुला सीमा, श्रम आदानप्रदान, व्यापार तथा जनस्तरको सम्बन्धले यी दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै आएको छ।