काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
मुस्ताङ एयरको हेलिकोप्टर। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित फेला परेको छ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिए। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नाइन एन-एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ। प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकोप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हेलिकोप्टर सुरक्षित रहेको जनाएको छ।

प्राधिकरणका अनुसार चालक दलसहित पाँचैजना सुरक्षित छन्।