काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
मुस्ताङ एयरको हेलिकोप्टर। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। मुस्ताङ एयरको हेलिकोप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँचजना चढेको हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारी दिए। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए।

दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण-पूर्वमा पर्छ। क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन-एएनओ हेलिकोप्टरमा चार यात्रु र चालकदलका एकजना छन्।