काठमाडौँ। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले पनि शपथ ग्रहण गरिसकेका छन्।
बालेन्द्र प्रधानमन्त्री सहित १५ जनाले मन्त्रीको शपथ लिएका हुन्।
१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा र उद्योग
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
११. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१२. गनेश पौडेल – संस्कृति/पर्यटन
१३. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१४. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. गीता चौधरी – कृषि तथा पशुपन्छी