काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराएका हुन्।