काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय नेता‍ बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेले शाहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री पदको शपथग्रहण समारोहमा सात वटा शंखबाट शंखनाद, १०८ जना वटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको छ।

शपथग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको थियो।

बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।