काठमाडौं । रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउन सफल भएकोमा आफूलाई गर्व महसुस भएको बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलले जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको दाबी गरे। “हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ,” उनले भने, “अब हाम्रो बाचा पत्रअनुसार नागरिकको जनजीविकामा परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो काँधमा आएको छ।”
लामिछानेले प्रधानमन्त्री शाह पाँच वर्षका लागि नियुक्त भएको उल्लेख गर्दै आवश्यक परे अझ लामो समय नेतृत्व गर्न सक्ने संकेत गरे। उनले सरकार गठनका सन्दर्भमा कुनै आलोपालो (पावर-शेयरिङ) को सहमति नभएको पनि स्पष्ट पारे।
उनका अनुसार अबको मुख्य प्राथमिकता आर्थिक सुधार, रोजगारी सिर्जना र जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीतिहरू कार्यान्वयन गर्नु हुनेछ।