काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
१३ चैतमा शपथ ग्रहण गर्दै प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : बिक्रम राईत
अ+
अ-

काठमाडौँ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।

शपथसँगै प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको छ। राष्ट्रपतिले सोही समारोहमा मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए। रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन्।

हेर्नुहोस् तस्बिरहरू :