काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ नेता बालेनको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ। यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् ।

हेर्नुहोस् १६ सदस्यीय मन्त्रिपरिषद्‌को  सूची

१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल – संस्कृति/पर्यटन
१४. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी