काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

कैलाली। कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो।

उनको घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो। यो घटना गए रातिको हो।