भक्तपुरबाट पक्राउ परेका पूर्वगृहमन्त्री लेखकलाई काठमाडौँ पुर्याइयो
भक्तपुर। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले निवासबाटै पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका ५‚ कटुन्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज (शनिबार) बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ पुर्याएको छ।
त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुन्डुस्थित निवासमा प्रहरीको टोली पुगेको पनि खड्काले जानकारी दिए।