काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ।

स्रोतका अनुसार, ओली मिर्गौला प्रत्यारोपणका बिरामी भएका कारण सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएका थिए। त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले रक्त जाँच, भिडियो एक्सरे लगायतका सबै परीक्षण गरेको थियो। परीक्षण पूरा भएपछि उनलाई ५०१ नम्बर बेडमा सारिएको हो। ओलीलाई भवनसम्म उनकै गाडीमा लगिएको जानकारी अस्पताल स्रोतले दिएको छ।

आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।