काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
केपी शर्मा ओली र रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरिएको छ। दुवैलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओली र नेता लेखकलाई बालेन शाह नेतृत्वको सरकारले उनीहरूको निवासबाटै नियन्त्रणमा लिएको हो।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनामा उनीहरूलाई मुख्य दोषी ठहर गरिएको छ। उक्त घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो।

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले दुवै नेतालाई पक्राउ गरेको हो । पक्राउपछि थप अनुसन्धानका लागि उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको प्रहरीले जानकारी दिएको छ।