सरकारको कदम
गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन दबाउन तत्कालीन भूमिका खेलेको आरोप
भक्तपुर। प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको छ।
गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले भूमिका खेलेको भन्दै हिजो मात्र गठन भएको नयाँ सरकारले पक्राउ गरेको हो।
भक्तपुरको गुन्डुस्थित निवासबाटै ओलीलाई प्रहरीले शनिबार बिहानै पक्राउ गरेको हो।
त्यसअघि शनिबार बिहानै पूर्वगृहमन्त्री लेखकलाई पनि प्रहरीले उनको निवासबाटै पक्राउ गरेको हो।
सूर्यविनायक नगरपालिका ५‚ कटुन्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ पुर्याएको छ।