काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको स्वास्थ्य परीक्षण त्यहीँ गरिनेछ।

आज बिहान भक्तपुरबाट पक्राउ परेका ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो। शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीमाथि फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान पक्राउ गरिएको हो।