काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काभ्रे । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङ भएको रोशी गाउँपालिकाका उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए ।

अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनले सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।