काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
नीलाम्बर आचार्य। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। कूटनीतिज्ञ तथा संविधानविद् नीलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन्।

नवगठित सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत आचार्यले यस्तो टिप्पणी गरेका हुन्।

“साह्रै नै नमिल्ने कुरा भइरहेको छ। प्रतिशोध र धरपकडले भलो गर्दैन‚” पूर्वकानुनमन्त्रीसमेत रहेका आचार्यले लेखेका छन्।


प्रहरीले शनिबार बिहानै पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाटै र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको छ।

यो पनि…

निवासबाटै ओली-लेखक पक्राउ