काठमाडौँ। विरोध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका सात कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बबरमहलबाट चार र सिंहदबार प्रवेश गर्ने मुख्य गेट आसपास क्षेत्रबाट तीनजनालाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। नियन्त्रणमा लिइएका सात कार्यकर्तालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
प्रदर्शनकारी देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि सामान्य लाठीचार्ज गरिएको परिसरका एसपी पवन भट्टराईले बताए। त्यसक्रममा कोही घाइते नभएका उनले जानकारी दिए। हाल स्थिति सामान्य रहेको उनको भनाइ छ।
एमाले कार्यकर्ताले माइतीघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढेका थिए। उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो।
यो पनि…