काठमाडौँ। एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अविलम्ब रिहा गर्न माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको र त्यसको मूल्य धेरै महँगो पर्ने पनि चेतावनी दिएका हुन्। ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्बवार बन, अविलम्ब रिहा गर’, उनले भनेका छन्।
भदौ २३ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरिबहादुर कार्की नेतृत्वको छानबिन आयोगले गरेको सिफारिसअनुसार सरकारले तत्काली प्रधामन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
लेखक कांग्रेसका नेता हुन्।