काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले कानुनभन्दामाथि कोही नहुने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो जनाएका हुन्।

“प्रतिज्ञा भनेको प्रतिज्ञा हो, कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ‚” सामाजिक सञ्जालमा उनले लेखेका छन्‚ “यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”