काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काभ्रे। काभ्रेमा शनिबार भएका छुट्टाछुट्टै भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका ३‚ तीनघरेमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। यसैगरी बनेपा नगरपालिका ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपको बाट बनेपा १०‚ पुलबजारका ८० वर्षीय गंगालाल मानन्धरको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।