काठमाडौँ। बलात्कारको आरोपमा नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
एक महिलालाई बलात्कार गरेको आरोपमा पूर्वसभासदसमेत रहेका मल्ललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ।
सोरु गाउँपालिका १०‚ मुगु घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका ७ बस्ने ५२ वर्षीय मल्ललाई इलाका प्रहरी कार्यालय सातदोबाटोको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध ५ चैतमा प्रहरी वृत्त सातदोबाटोमा उजुरी परेको थियो।